News Griha :: न्यूजगृह
खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

सिरहा— सिरहास्थित लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ।

यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा  बजार अनुगमन गर्ने क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई पाँच हजार जरिवाना गरिइएको  छ।

यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी ११ हजार जरिवाना गरिएको उपप्रमुख महतोले जानकारी दिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०८:३२
Weather Update