कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक महिलाको शव फेला
काठमाडौं— कीर्तिपुरमा एक महिला मृत फेला परेकी छन्।
कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो।
उनको सनाखत भएको छैन। अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१ १२:२७