उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकिए, को कहाँ भए सिफारिस?
काठमाडौं— न्याय परिषद्ले आगामी उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस गरेको छ।
मंसिर १६ मा हुने उपनिर्वाचनका लागि न्याय परिषदले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो छ। जिल्ला अदालतका न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृत तोकिएका हुन्।
त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ। परिषदले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ।
को कहाँ भए सिफारिस ?
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ २०:४१