राष्ट्रपति पौडेलले सबै सांसदहरूलाई बोलाए शीतल निवास

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरूबीच आज बिहान शीतल निवासमा भेटघाट हुने भएको छ ।
उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न आएका प्रदेश र संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले शनिबार बिहान चियापानका लागि शीतल निवास बोलाएका हुन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूसँग भेटघाट गर्न लागेका हुन् ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९ ०६:३६













