News Griha :: न्यूजगृह
जापानमा यौन शोषण गर्ने भिडिओ खिच्न नपाइने कानुन पहिलोपटक ल्याइँदै

काठमाडौं— जापानमा सहमतिबिना अरूको यौन शोषण गर्ने फोटो वा भिडिओे खिच्न नपाइने कानुन ल्याउने तयारी गरिएको छ । 

यससम्बन्धी पहिलो कानुन ल्याउने तयारी अघि बढाइएको हो । यो नयाँ विधेयकले यौन कार्यको अपस्कर्टिङ र गोप्य फिल्मिङ जस्ता कार्यलाई निषेध गर्ने लक्ष्य राखेको छ ।

पहिले त्यस्ता आपराधिक मुद्दालाई स्थानीय प्रिफेक्चर कानुनअन्तर्गत कारबाही गर्नुपथ्र्यो । 

यो विधेयक यौन अपराधसम्बन्धी जापानको कानुनको व्यापक परिमार्जनको हिस्सा हो, जसले बलात्कारको परिभाषालाई पनि विस्तार गर्नेछ । 

अपराधीले तीन वर्षसम्म कैद वा तीन मिलियन जापानी येनसम्मको जरिबाना तिर्नुपर्नेछ । सो विधेयक आगामी जुनमा पारित हुने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १७:३५
Weather Update