दोलखामा ४.५ म्याग्निच्युडको भूकम्प
काठमाडौं— दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो।
भूकम्पले पुर्याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ ०७:२१