News Griha :: न्यूजगृह
राजेन्द्र महतोले खोले नयाँ पार्टी, दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं— राजेन्द्र महतो अध्यक्ष रहने गरी नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका महतो केही समयदेखि राष्ट्रिय मुक्ति अभियानमार्फत सक्रिय रहँदै आएका थिए।

महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको नेता केशव झाले जानकारी दिए।‘हामी दल दर्ताका लागि निर्वाचन आयोगमा छौँ, राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको नयाँ पार्टी बनाउन लागिएको हो,’ उनले भने, ‘अहिले अध्यक्ष र १७३ जना केन्द्रीय सदस्य रहनुहुन्छ।’

उनका अनुसार पार्टीले चुनाव चिह्न माछा प्रस्ताव गरेको छ।  गत फागुनमा महतोले लोसपा परित्याग गरेका थिए। त्यसबेलादेखि नै उनले अभियान सञ्चालन गरेका थिए। 

महतो पटकपटक मन्त्रीसमेत भएका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १४:३५
Weather Update