काठमाडौं— काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्।
मौसम महाशाखाले गरेको प्रक्षेपणअनुसार बिहीबार बिहान उपत्यकाको न्यूनतम तापक्रम १३ देखि १५ डिग्री सेल्सियसबीचमा रहने सम्भावना देखिएको हो।
यस्तै बिहीबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम भने २६ देखि २८ डिग्री सेल्सियससम्म रहने आकलन मौसम महाशाखाले गरेको छ।
बुधबार भने उपत्यकाको अधिकतम तापक्रम २८.५ र न्यूनतम तापक्रम १४.२ डिग्री सेल्सियस छ। मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई अधिकतम र सबैभन्दा कम तापक्रमलाई न्यूनतम तापक्रम भनिन्छ।
न्यूनतम सामान्यतया हरेक बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेर १० मिनेटमा सूर्य उदाउने छ भने साँझ ५ बजेर २७ मिनेटमा अस्ताउने छ।
हेर्नुहोस् महाशाखाको प्रक्षेपण