News Griha :: न्यूजगृह
बम राखेको हल्ला चलाइएको भिस्टाराको जहाजमा थिए १५७ यात्रु, सबैलाई आइसोलेसनमा राखियो

काठमाडौं— बम राखेको हल्ला फैलिएको भारतको नयाँदिल्लीबाट आएको भिस्टारा जहाजमा रहेका १५७ जना यात्रुलाई अनुसन्धानका लागि आइसोलेसनमा राखिएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को सुरक्षा मापदण्डअनुसार अहिले विमान, यात्रु र ब्याजेगमाथि अनुसन्धान थालिसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए।

उडान नम्बर ‘यूके १५५’को उक्त विमान काठमाडौंमा आज अपरान्ह साढे ४  बजे अवतरण भएको थियो। अहिले विमानस्थलका अन्य उडानहरू भने सञ्चालन भइसकेको विकले जानकारी दिए। सेनाको बम डिस्पोजल टोलीसहितका सुरक्षा अधिकारीहरूले अनुसन्धान थालिसकेका पनि उनले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १८:४५
समसामयिक
Weather Update