News Griha :: न्यूजगृह
दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बमको हल्ला, विमानस्थलमा सर्च अपरेशन 

काठमाडौं—  भारतको दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको भन्दै अज्ञात व्यक्तिले सूचना दिएपछि नेपाली सेना र नेपाल प्रहरीले विमानस्थलमा सर्च अपरेशन थालेको छ ।

सेना र प्रहरीको तालिम प्राप्त कुकुरसमेत विमानस्थलमा परिचालित गरिएको छ । बम रहेको भन्दै सूचना आएपछि उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य आफैं पनि विमानस्थल पुगेकी छन् ।


‘अहिले डग स्निफिङ, ब्यागेज जाँच लगायतका काम गरेर सबै यात्रुलाई एकएक गरेर निकाल्ने तयारी गरिरहेका छौं’, उनले अनलाइनखबरसँग भनिन्, ‘त्यस्तो सूचना आएपछि सावधानी अपनाउँदै गर्नुपर्ने कामहरु गरिरहेका छौं ।’

सेनाको बम डिस्पोजल र तालिम प्राप्त कुकुरसहितको टोली विमानस्थलमै तैनाथ रहन्छन् । प्रहरीको पनि तालिम प्राप्त कुकुर विमानस्थलमा नियमित खटिन्छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १८:२५
समसामयिक
Weather Update