News Griha :: न्यूजगृह
पूर्वडीआईजी छविलाल जोशीसँग बयान सुरू, सहकारी पीडितद्वारा प्रदर्शन

बुटवल— गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको सरकारी वकिलको कार्यालय भैरहवामा बयान सुरू भएको छ।

जोशीलाई सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीहरूले बयान लिइरहेका छन्।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान भइरहेकामा जोशीलाई सोमबार सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बुटवल ल्याइएको हो।

सहकारी वकिल कार्यालयभित्र बयान चलिरहँदा बाहिर सुप्रिम सहकारी पीडितहरूले प्रदर्शन गर्न थालेमा प्रहरीले रोक लगाएपछि पीडितले जिल्ला अदालत अगाडि प्रदर्शन सुरू गरेका छन्।

सुप्रिम पीडित संघर्ष समितिका संयोजक विजय नेपालले न्याय, रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्न लागिएको बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १३:४९
समसामयिक
Weather Update