News Griha :: न्यूजगृह
यस्तो छ आज रातिको मौसम पूर्वानुमान
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्र

काठमाडौं— हाल देशभर पश्चिमी वायुको प्रभाव छ भने स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बेलुका कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको भइरहेको छ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

आंशिक बदली भनेको आकाशमा पातलो बादल लाग्नु हो भने मौसम मुख्यतया सफा भनेको लगभग आकाश खुला हुनु हो।

यस क्रममा राति देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।मौसमविद्का अनुसार एकदुई स्थानमा वर्षाको सम्भावना देखिनु भनेको पानी पर्ने सम्भावना निकै कम रहनु हो।

देशभरका पहाडी क्षेत्रका एकदुई स्थान भन्नाले यसका जुनसुकै ठाउँमा पानी पर्न सक्छ भनेर बुझ्नुपर्ने हुन्छ, वर्षा यही ठाउँमा हुन्छ भने निश्चित स्थान तोक्न भने नसकिने मौसमविद् बताउँछन्।

यस्तै हल्का वर्षा भनेको १० मिलिमिटर भन्दा कम पानी पर्नु हो। हाल नेपालमा पोस्ट मनसुन चलिरहेको छ, जुन सिजन नोभेम्बरसम्म रहन्छ र यसपछि अर्थात् डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १९:२३
Weather Update