News Griha :: न्यूजगृह
लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

काठमाडाैं— लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार लुम्बिनी प्रदेश सभा बैठकमा चौधरीले विश्वासको मत लिँदा उनको पक्षमा ५३ जनाले मत दिएका हुन् ।

विपक्षमा २९ जना प्रदेश सभा सदस्यले मत दिएका थिए । बैठकमा लुम्बिनी  प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले विश्वासको पक्षमा परेको मत बहुमत भएकाले मुख्यमन्त्री चौधारीले विश्वासको मतका लागि पेश गरेको प्रस्ताव स्वीकृत भएको घोषणा गरे ।

मुख्यमन्त्री चौधरीलाई माओवादीलगायतका दलहरूले मत दिएका थिए भने नेकपा एमालेले विपक्षमा मतदान गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १५:०५
Weather Update