News Griha :: न्यूजगृह
खैरो हिरोइनसहित कैलालीबाट ६ जना पक्राउ

कैलाली— धनगढीमा लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्। 

धनगढी उपमहानगरपालिका–७, १० र १२ बाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ को मनेहरा शिविर बस्ने २४ वर्षीय नवीन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र २२ वर्षीय लोकेन्द्र गिरी रहेका छन्।

उनीहरुको साथबाट २ सय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ। यस्तै धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकैबाट गोदावरी नगरपालिका–१० दमौरा बस्ने २१ वर्षीय निराजन ताम्राकारलाई पक्राउ गरिएको छ। ताम्राकारको साथबाट ३ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–७ सद्भावना टोलबाट २७ वर्षीय बसन्त चौधरीलाई पनि लागुऔषधसहित पक्राउ गरिएको छ। उनको साथबाट ३ ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

लागुऔषधसहित पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १०:५९
Weather Update