News Griha :: न्यूजगृह
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।

सभापति देउवा आएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भेटवार्ता सुरु भएको छ। देउवा बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर बालुवाटार फर्किएका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र देउवाबीच सरकारकै नियमित कामकार्बाहीबार छलफल हुने छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  २०:१८
Weather Update