News Griha :: न्यूजगृह
रवि लामिछानेलाई पोखरा लैजाने क्रममा ठाउँठाउँमा विरोध प्रदर्शन

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर पोखरा लैजाने क्रममा विभिन्न ठाउँमा प्रदर्शन भएको छ।

स्थलमार्गबाट पोखरा लैजाने क्रममा लामिछानेलाई लगिने रुटका विभिन्न स्थानका सडकमा पार्टीका नेता कार्यकर्ता भेला भएर विरोध प्रदर्शन गरेका हुन्।

प्रहरीका अनुसार धादिङको नौबिसे, गल्छी, गजुरीलगायतका स्थानमा उनको पक्षमा पदर्शन भएका हुन्। सो क्रममा सडक अवरुद्ध पार्ने प्रयास समेत भएको प्रहरीको भनाइ छ।

उसो त उनलाई पक्राउ गर्ने क्रममा पार्टी कार्यालय बनस्थलीमै पनि विरोध र नाराबाजी भएको थियो। रास्वपाका एक नेताले लामिछानेलाई पक्राउको विरोधमा शनिबार पोखरामा समेत प्रदर्शनको तयारी भएको बताए।

यसबारे छलफल गर्न शुक्रबार नै पोखरामा रास्वापाको प्रदेशस्तरीय बैठक बसेको थियो। सहकारी ठगीमा संलग्नता रहेको आरोपमा प्रहरीले शुक्रबार उनलाई पार्टी कार्यालय बनस्थलीबाटै पक्राउ गरेर पोखरातर्फ पठाएको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०१:५४
Weather Update