निर्णायक आन्दोलनका लागि तयारी अवस्थामा रहन विद्यालय कर्मचारीलाई निर्देशन

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले निर्णायक आन्दोलनका लागि तयारी अवस्थामा रहन देशभरका विद्यालय कर्मचारीलाई निर्देशन दिएका छन् ।
सरकारसँग पटक–पटक वार्ता हुँदा पनि माग सम्बोधन नभएको भन्दै अध्यक्ष तिवारीले निर्णायक आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
उनले भने,‘आदरणीय विद्यालय कर्मचारी साथीहरू हामी केन्द्रीय समितिका साथीहरू निरन्तर हाम्रो पक्षबाट गर्नुपर्ने हर प्रयास गर्दैछौं । तर पनि सरकार बेखबर भएर बसेको अवस्था छ । तसर्थ सम्पूर्ण साथीहरू निर्णायक आन्दोलनका लागि तयारीमा रहन आग्रह गर्दछु ।’
विद्यालय कर्मचारीले तलब, सेवासुविधा, दरबन्दीलगायत विभिन्न माग राखेर सरकारविरुद्ध शान्तिपूर्वक आन्दोलन गर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० ०९:१७













