News Griha :: न्यूजगृह
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान

सिमकोट — सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ। यहाँ दसैँको अघिल्लो दिनमात्र हवाई उडान भएको थियो । त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन ।

तारा एअर र नेपाल एअरलाइन्सले उडान भरेको नेपाल एअरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए ।

सोमबार नेपालगञ्जदेखि तारा एअरले एक पटक तथा नेपाल एअरलाइन्सले दुई पटक उडान भरेको उनले बताए । दुवै एअरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए ।

‘मङ्गलबारका लागि टिकट बुकिङ भइसकेको छ । अब यात्रुको चाप विस्तारै बढ्छु,’ प्रमुख लामाले भने । नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको उनको भनाइ छ ।

सीता एअर र समिट एअरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १९:२४
Weather Update