News Griha :: न्यूजगृह
मौसम विभागले भन्याे– वर्षाले खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन् 

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार वर्षाले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ ।

‘देशभरका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुदलगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबारदेखिको मौसम बदली मंगलबार पनि उस्तै हुनेछ ।

‘मंगलबार पनि पहाडी क्षेत्रमा वर्षा हुनेछ भने तराईमा केही मात्रामा घट्दै जानेछ । बुधबार पहाडी क्षेत्रमा मात्र केही वर्षा हुने देखिन्छ’, उनले भने ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०६:५०
Weather Update