News Griha :: न्यूजगृह
दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं— रौतहटमा दुर्गा मेला लागेको स्थानबाट स्थानीय एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने ५६ वर्षीय भोला राय यादव छन् ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो ।यादवमाथि शंका लागेर चेक गर्दा उनको साथबाट मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायले जानकारी दिए । 

उनका अनुसार यादवको साथबाट बरामद भएको पेस्तोलको एक साइडमा ‘अटोमेटिक पेस्तोल, मेड इन यूएसए’ लेखिएको छ भने अर्को साइडमा ‘अटोमेटिक पेस्तोल नाइन एमएम नाइन राउण्ड’ लेखिएको छ ।

प्रहरीका अनुसार यादवको साथबाट एक थान पेस्तोलसँगै त्यसको म्यागजिन एक थान, गोली चार राउन्ड र सर्ट गनको गोली दुई राउन्ड पनि बरामद भएको छ ।

उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ११:५८
Weather Update