News Griha :: न्यूजगृह
लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

काठमाडौं— लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिँदै छन् ।

गत बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार विश्वासको मत लिने निर्णय गरेको थियो ।

प्रदेश सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । चौधरीलाई नेपाली कांग्रेस, माओवादीसहित ५३ सांसदको समर्थन रहेको छ ।

lumbini pro1682988797.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०६:३०
Weather Update