News Griha :: न्यूजगृह
कांग्रेसले अब चुनावमा गठबन्धन गर्नुहुन्न : गगन थापा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब हुने कुनै पनि चुनावमा कांग्रेसले गठबन्धन गर्न नहुने बताएका छन् ।

सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा बोल्दै महामन्त्री थापाले कांग्रेस एक्लै चुनाव लड्नुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले कांग्रेसले विगतमा निर्वाचन अगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महसुस गर्नुपर्ने बताए ।

उनले आगामी दिनमा पार्टीले कुनै पनि दलसँग कहिल्यै पनि गठबन्धन गर्नु नहुने धारणा राखे ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १९:३९
Weather Update