News Griha :: न्यूजगृह
जुवा खेलेको आरोपमा ८ जना पक्राउ

दाङ— जुवा खेलेको आरोपमा शुक्रबार तुलसीपुरमा ८ जना पक्राउ परेका छन्।

तुलसीपुर उपमहानगरपालिका–१५ कोठरीस्थित चेतनारायण धितालको घरमा जुवा खेलिरहेको अवस्थामा १ लाख ७२ हजार ५ सय ८५ नगदसहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा तुलसीपुर–१४ का ३० वर्षीय अनिल नेपाली, ४९ वर्षीय बल बहादुर बस्नेत, ४० वर्षीय मधुकर बस्नेत र रून्टीगढी गाउँपालिका–२ रोल्पाका ४६ वर्षीय रूपलाल बिक छन्।

यसैगरी तुलसीपुर–१५ का ४९ वर्षीय सुवास धिताल, घोराहीउपमहानगरपालिका–९ का ४३ वर्षीय बालाराम पौडेल, घोराही–१८ का २९ वर्षीय दिनेश बिक र घोराही–१५ का ३७ वर्षीय बसन्तराज अधिकारी पक्राउ परेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १४:२४
समसामयिक
Weather Update