News Griha :: न्यूजगृह
दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध

नवलपरासी— पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा सडक भासिएको छ।

पश्चिम नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको हो । भासिएको सडक मर्मत भइरहेको छ ।

राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारी रोकिएका छ्न् । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १९:४०
Weather Update