News Griha :: न्यूजगृह
मुग्लिनमा रवि लामिछानेविरुद्ध नाराबाजी
रवि लामिछाने चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिनमा शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरुको गुनासो सुनुवाई गर्दै ।

चितवन— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन्।

लामिछानेले शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेका थिए।

उक्त कार्यक्रम सकेर फर्किने क्रममा मुग्लिन बजारमा सहकारी पीडितले कालो ब्यानर र झण्डासहित प्रदर्शन र नाराबाजी गरेका हुन्।

उनीहरुले सहकारी पीडितलाई न्याय दे, सहकारीको पैसा फिर्ता गरलगायतका नारा लगाएका थिए।

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालले सहकारी पीडितले मुग्लिनमा कालोझण्डा र ब्यानर देखाएको तर लामिछानेलाई सुरक्षित रुपमा पठाएको बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १८:२८
Weather Update