News Griha :: न्यूजगृह
बढी भाडा असुल्ने ६ वटा हाइसका सञ्चालक पक्राउ
फाइल तस्बिर।

काठमाडौं— दसैँका लागि घर फर्किने यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिने सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंबाट पोखरा, दमाैली, लमजुङलगायत चल्ने हाइसले तोकिएको भन्दा बढी भाडा असुलेको गुनासो आएपछि प्रहरीले कलंकी तथा बसपार्कबाट पक्राउ गरेको हो।

उनीहरूले तोकिएको भन्दा प्रतिव्यक्ति एक हजारदेखि १५ सयसम्म भाडा बढी लिएको खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

पक्राउ पर्नेमा ग १ ख ४४९९ नम्बरको हाइसका चालक डम्बरबहादुर आले मगरसहित अन्य पाँचवटा हाइसका चालक र सहचालक पक्राउ परेका छन्।

पहिरोको कारण देखाउँदै कालोबजारी गर्ने तथा यात्रुबाट तोकिएको भन्दाबढी भाडा लिने सवारी साधनलाई निगरानीमा राखेर पक्राउ गर्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १५:०२
Weather Update