News Griha :: न्यूजगृह
कांग्रेस नेता कार्की भन्छन्– कोशी प्रदेशको नेतृत्व परिवर्तन हुन्छ

काठमाडौं— नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताउँदै बजेट अगावै कोशी प्रदेशको नेतृत्व परिवर्तन हुने बताएका छन् ।

सडक शिलान्यासका लागि इनरुवा पुगेका कार्कीले कांग्रेस र एमाले मिल्ने आंकलनसहितका टिकाटिप्पणी सुनिने गरेको भए पनि त्यसमा सत्यता नरहेको बताए । उनले नेकपा एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताए ।

उनले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने बताए उनले केन्द्रमा नेतृत्व परिवर्तन भएझैँ प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने बताए ।

उनलै भने,‘एमाले प्रमुख प्रतिपक्षमा ५ वर्ष रहने छ । एमाले र नेपाली कांग्रेस मिलेर सरकार बन्दैन भन्ने कुरा यहीँबाट उद्घोष गर्न चाहन्छु । जसरी केन्द्रमा नेतृत्व परिवर्तन भयो त्यस्तै गरेर प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनेछ ।’

नेता कार्कीले नयाँ आर्थिक वर्षको बजेट अगावै कोशी प्रदेशमासमेत सरकारको नेतृत्व परिवर्तन हुने बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १८:४०
Weather Update