News Griha :: न्यूजगृह
योग्य जनशक्ति निर्माण गर्ने अभिभारा शिक्षकमा : पूर्वशिक्षामन्त्री पौडेल

काठमाडौं— पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्र निर्माणका लागि योग्य जनशक्ति निर्माण गर्ने अभिभारा शिक्षकमा भएको बताएका छन् ।

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को सातौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै पौडेलले योग्य जनशक्ति निर्माण गर्ने अभिभारा शिक्षकमा भएको बताएका हुन् ।

उनले भने,‘मुलुकको जनसङ्ख्या घट्दो अवस्थामा छ । अर्कोतिर शैक्षिक जनशक्ति बाहिरिँदै छ । यो चिन्ताको विषय छ । यस्तो अवस्था राज्यप्रति जिम्मेवारीवोध गराउने शिक्षा प्रदान गर्नु आवश्यक छ ।’

राष्ट्र निर्माण गर्ने पहिलो आधार शिक्षामा सुधार भएको बताउँदै पौडेलले शिक्षा क्षेत्रमा पूर्वाधारका साथसाथै शिक्षण सिकाइ र नीतिगत सुधार आवश्यक रहेको औंल्याए ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १८:००
Weather Update