
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न विभागहरू गठन गरेको छ ।
सोमबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग गठन गरेको हो । जसअन्तर्गत डा. स्वर्णिम वाग्लेले अर्थनीति विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । यस्तै शिशिर खनालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र पर्यटन तथा संस्कृति विभागको जिम्मेवारी पाएका छन् ।
त्यस्तै डा. मुकुल ढकालले नीति तथा विचार र प्रशिक्षण, डा. तोषिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद, सन्तोष परियारले मानव अधिकार, सोविता गौतम कानुन तथा न्याय, हरि ढकाल भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन र दीपक बोहराले जनसम्पर्क विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
यस्तै बैठकले मनिष झा तथ्याङ्क अनुसन्धान तथा अभिलेखीकरण र सार्वजनिक लेखा समीक्षा, सुमना श्रेष्ठले शिक्षा र विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुख बनेका छन् ।














