रवि लामिछानेलाई दलको नेता चयन गर्न रास्वपाको सिफारिस

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा सांसद रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न सिफारिस गरेको छ ।
सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
१० वैशाखमा भएको उपनिर्वाचनमा लामिछाने चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
गत ४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचन लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तर उनको नागरिकता सम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनको सांसद पदसँगै मन्त्री पदसमेत गएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १५:०७













