News Griha :: न्यूजगृह
सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन

काठमाडौं— नेपाल प्रहरीले कार्यालयमा सम्पर्कमा नरहेका २४ जना प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।

आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै प्रहरीले सार्वजनिक सूचना निकालेर सात दिनभित्र उपस्थित हुन भनेको हो।

उपस्थित हुँदा गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।

गैरहाजिर भएकाहरूमा तीन जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हबल्दार र १९ जना प्रहरी जवानका छन्।

हेर्नुहोस् सूचना–

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०७:३९
Weather Update