
काठमाडौं— पछिल्लो चौबीस घण्टामा झापा, इलाम र कास्कीमा धेरै वर्षा मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामको कन्याममा १३४.४ मिलिमिटर, झापाको चन्द्रगढीमा १०२.६ मिलिमिटर, अनारमनीमा १२३.८ मिलिमिटर र कास्कीको लुम्लेमा १२७.६ मिलिमिटर वर्षा मापन भएको हो।
बुधबारदेखि मनसुनी वायु र बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावसँगै देशका विभिन्न भूभागमा मध्यमदेखि भारी र धेरै भारी वर्षा भएको हो। चौबीस घण्टाको अवधिमा झापाकै बाहुनडाँगीमा ९२.२ मिलिमिटर, शनिश्चरेमा ७३.८ मिलिमिटर, इलामको माइ पोखरीमा ९४ मिलिमिटर, मोरङको केराबारीमा ७६.८ मिलिमिटर, सर्लाहीको पर्वानीपुरमा ५२.२ मिलिमिटर वर्षा मापन भएको छ।त्यस्तै सिन्धुपाल्चोकको भोटाङमा ५०.६
मिलिमिटर, मानेखर्कमा ५८ मिलिमिटर, गोब्रेमा ४९.८ मिलिमिटर, नवलपरासी पूर्वको डाँडामा ८७ मिलिमिटर, देउरालीमा ९७ मिलिमिटर, पाल्पाको अर्चलेमा ८१ मिलिमिटर, कास्कीको लामापाटनमा ९१.६ मिलिमिटर, पोखरा विमानस्थलमा ६०.६ मिलिमिटर, रूपन्देहीको तिलोत्तमामा ६६ मिलिमिटर, कपिलवस्तुको भगवानपुरमा ६६ मिलिमिटर, दाङको कोइलावासमा ४६.२ मिलिमिटर, रोल्पाको केउर गाउँमा ५०.४ मिलिमिटर, दैलेखमा ५० मिलिमिटर, कैलालीको बचिलामा ८२.८ मिलमिटर, धनगढीमा ४१.६ मिलिमिटर र कञ्चनपुरको हनुमाननगरमा ५९ मिलिमिटर वर्षा चौबीस घण्टामा मापन भएको छ।
महाशाखाले बुधबार दिउँसो कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ।