रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार बस्दै छ । दुबै बैठक पार्टी मुख्यालय बसुन्धरामा बस्नेछ ।
केन्द्रीय समिति बैठक बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
बैठकमा विशेष गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, संसदीय दलको नेता, विभागहरू गठनलगायत विषयमा पनि छलफल हुने ढकालको भनाइ छ ।
यी दुई बैठकको पूर्वसन्ध्यामा सभापति रवि लामिछानेले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० ०६:३९













