News Griha :: न्यूजगृह
आजको मौसम : देशभर वर्षाको सम्भावना

काठमाडौं— हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली  रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी  भू–भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । पहाडी  भू–भागका थोरै तथा तराईका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी  भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०६:०८
Weather Update