News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको भ्रमणले विमानस्थल आधा घण्टा बन्द

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको न्युयोर्क भ्रमणका लागि आधा घण्टा विमानस्थल बन्द गरिएको छ। बन्द भएको भएको विमानस्थल खुलेको छ।

प्रधानमन्त्री चढेको जहाज उडाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब आधा घण्टा बन्द गरिएको थियो।उडान बन्द गर्दा करिब १५ जहाज प्रभावित भए। पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एअरको एउटा जहाज पोखरा नै फर्किएको थियो।

पोखराबाट ११:१५ मा उडेको उक्त जहाज ११:४५ मा काठमाडौं विमानस्थल अवतरण गर्ने तालिका थियो। तर प्रधानमन्त्रीको उडानले गर्दा केहीबेर धादिङको आकाशमाथि होल्ड गरेर उक्त जहाज पोखरा नै फर्किएको थियो।

क्वालालम्पुरबाट काठमाडौं आएको जहाज करिब २० मिनेट होल्ड गरेर भर्खरै अवतरण गरेको छ। भैरहवाबाट काठमाडौं आएको बुद्धको अर्को जहाज काठमाडौं माथि  फन्को लगाइरहेको छ। विराटनगरबाट काठमाडौं आउन लागेको यती एअरलाइन्सको जहाज पनि होल्डमै छ।

बैंककबाट काठमाडौं आएको थाई एअरको जहाज पनि आकाशमै फन्को मारिरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १२:३३
Weather Update