विद्यालय तहको आधार ईसीडी हो, शिक्षक दरबन्दीलाई व्यवस्थापन गर्नुपर्छ : डा.शर्मा

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले विद्यालय तहको आधार प्रारम्भिक बालविकास (ईसीडी) भएको बताउँदै शिक्षक दरबन्दीलाई सहयोग गर्दै व्यवस्थापन गरिनुपर्ने बताएका छन् ।
माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को सातौँ राष्ट्रिय महाधिवेशनमा (१६ वैशाख) शनिबार बोल्दै शर्माले शिक्षकका समस्या कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बताए ।
उनले भने,‘शिक्षकका समस्या कार्यान्वयन हुन नसक्नु दुःखद् विषय हो । कुनै समयमा मैले सरकारको तर्फबाट हस्ताक्षर गरेको विषय कार्यान्वयनमा नआउँदा दुःख लागेको छ ।’
उनले शिक्षक दरबन्दी सिर्जना गर्न नसकिए गुणस्तरीय शिक्षा दिन पनि नसक्ने बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० २०:५७













