News Griha :: न्यूजगृह
राप्रपाले छान्यो मिस नेपाल आश्मा केसीसहित ४० वर्षमुनिका २० केन्द्रीय सदस्य [सूचीसहित]

काठमाडौं— राप्रपाले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेको थियो।

सोहीअनुसार वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनौट समिति गठन गरिएको थियो।

छनौटका विभिन्न मापदण्डका आधारमा लिइएको अन्तरवार्तापछि समितिले १० पुरूष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनौट गरिएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।  
छानिएका सदस्यहरूको नामसूचीः

  • अशोक सिंह सम्राट (दार्चुला)
  • लोकेन्द्र कुँवर (कैलाली)
  • बिनोद श्रेष्ठ (काठमाडौं)
  • अरुण गिरी (कास्की)
  • इन्जिनियर गोपीकृष्ण चौलागाईं (सिन्धुपाल्चोक)
  • शिवकुमार चौधरी (दाङ)
  • रविकिरण हमाल (सुर्खेत)
  • नवतीत कुमार मिश्र (पश्चिम नवलपरासी)
  • समीर शर्मा (काठमाडौं)
  • डा डेभिड थापा (यूके प्रवास)
  • बिना लामा (धादिङ)
  • बिना जयसवाल (पर्सा)
  • लक्ष्मी (नानी) थापा (सिन्धुपाल्चोक)
  • नजियाँ खातुन मियाँ (सुनसरी)
  • इन्जिनियर सजिना कार्की (ललितपुर)
  • अनिशा नेपाली (सल्यान)
  • रेजिना श्रेष्ठ (तनहुँ)
  • इन्जिनियर दीपा श्रेष्ठ (काभ्रे)
  • आश्माकुमारी केसी (मिस नेपाल वर्ल्ड २०२४) (काठमाडौं)
  • तारा जैसी (हुम्ला)

May be an image of text

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २१:०४
Weather Update