News Griha :: न्यूजगृह
स्रोत नखुलेको  १४ लाख रुपैयाँसहित सिरहाबाट ३ जना पक्राउ

सिरहा— सिरहाबाट स्रोत नखुलेको  रकमसहित तीन जना पक्राउ परेका छन्।

प्रहरीले गत शुक्रबार नै उनीहरूलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो। प्रहरीका अनुसार, पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१० का ५७ वर्षीय मजित मियाँ, सोही ठाउँ बस्ने वर्ष २८ का मोहम्मद अलाहउद्दिन र २३ वर्षीय अजय चौधरी छन्।

सखुवानन्कारकट्टी गाउँपालिका–५ बाट पक्राउ परेका उनीहरूको साथबाट स्रोत नखुलेको १४ लाख १९ हजार ८ सय ९० नेपाली र ४ सय भारतीय रुपैयाँ बरामद भएको सिरहा प्रहरीले मंगलबार जानकारी दिएको हो।

यस्तै, प्रहरीले उनीहरू सबार स ९ प ११६२ नम्बरको मोटरसाइकल र तीन थान मोबाइल पनि नियन्त्रणमा रहेको जनाएको छ।

अदालतबाट हुण्डीसम्बन्धी कसुर मुद्दामा ५ दिनको म्याद लिएर यस विषय थप अनुसन्धान कार्य भइरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २०:१४
Weather Update