News Griha :: न्यूजगृह
काठमाडौंबाट भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एअरको जहाजमा समस्या
फाइल तस्बिर।

काठमाडौं— काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एअरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ।

जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरूलाई ओरालिएको छ। यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको छ।

बुद्ध एअरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो। तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल स्रोतले बतायो। जसले गर्दा अन्य जहाजलाई असुविधा भएको छ।

अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरू उड्न ढिला भइरहेको विमानस्थल स्रोतले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०९:०९
Weather Update