News Griha :: न्यूजगृह
रामसहाय उपराष्ट्रपति हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन : उपेन्द्र यादव

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार रामसहायप्रसाद निर्वाचित भएसँगै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमान्दारिता र स्वच्छ छविको प्रतीकको रूपमा रहेको बताए ।

उनले यादवको विजयले स्वच्छ राजनीति र स्वच्छ छवि भएकाहरूका लागि भविष्यमा राजनीति गर्न प्रोत्साहन मिल्ने बताए । उनले नवनिर्वाचित उपराष्ट्रपतिको विजय सबैको विजय भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘एउटा इमान्दारिता र स्वच्छ छविको प्रतीकको रुपमा उहाँ हुनुहुन्थ्यो । र,उहाँको यो विजयले स्वच्छ राजनीति र स्वच्छ छविलाई, अर्को व्यक्तित्वलाई प्रोत्साहन दिनेछ भविष्यमा । र,उहाँको यो विजय सबैको विजय हो ।’

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १९:३६
Weather Update