News Griha :: न्यूजगृह
शिक्षामन्त्री राई भन्छन्– शिक्षकका समस्या हाम्रो पनि समस्या

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षकका समस्या  आफूहरूका पनि समस्या भएको बताएका छन् ।

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को सातौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री राईले शिक्षकका समस्या आफूहरूका पनि समस्या भएको बताएका हुन् ।

‘शिक्षक बिना शिक्षण र सिकाइको परिकल्पना हुन सक्दैन । शिक्षकको समस्या हाम्रो पनि समस्या हो । शिक्षा क्षेत्रलाई सुधार गर्न इमान्दारीपूर्वक लाग्ने छु । शिक्षाका क्षेत्रमा भएका समस्या सबैको साझा समस्या हुन् । यसलाई मिलेर सम्बोधन गर्नुपर्नेछ,’ मन्त्री राईले भने ।

उनले शिक्षक र शिक्षा क्षेत्रका विषयमा सरकार र शिक्षकबीच भएका सम्झौता समस्या समाधानका लागि नै भएको बताउँदै विभिन्न समस्याका कारण ती कार्यान्वयन हुन ढिलो भएको बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १८:२०
Weather Update