News Griha :: न्यूजगृह
शिक्षा ऐन संसदबाट पारित गराउन लागिपर्छु : रमेश लेखक

काठमाडौं— नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शिक्षा ऐन संसद्मा प्राथमिकता दिएर पास गराउन लागिपर्ने बताएका छन् ।

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को सातौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले शिक्षा ऐन पास गराउन लागिपर्ने बताएका हुन् ।

‘सङ्घीय शिक्षा ऐन राज्यकै आवश्यकता हो । सङ्घीय निजामती ऐन, स्वास्थ्य ऐन र शिक्षा ऐन सेवा प्रदान गर्ने विषयसँग सम्बन्धित छ । शिक्षा ऐन छलफल तथा पारितका लागि ल्याउन मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । संसद्मा प्रवेश भएपछि प्राथमिकता दिएर पास गराउन लागिपर्ने छु,’ कार्यक्रममा उनले भने ।

उनले शिक्षक दरबन्दी कायम गर्न आफ्नोतर्फबाट प्रयत्न गर्ने बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १८:१२
Weather Update