News Griha :: न्यूजगृह
सरकारसँगको वार्ता सकारात्मक: महावीर पुन

काठमाडौं— सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको वार्ता सकारात्मक भएको छ ।

दुवै पक्षबीच वार्ता टोली गठन गर्ने सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनबीच रक्षा मन्त्रालयमा आइतबार पहिलो चरणको छलफल भएको थियो ।

छलफलपछि पुनले सकारात्मक कुराकानी भएको जानकारी दिए । ‘छलफल एकदमै सकारात्मक छ । हामीले रक्षामन्त्रीसँग वार्ता गर्दागर्दै दुई पटक प्रधानमन्त्रीले फोन गर्नुभयो । अहिलेसम्म सकारात्मक छ । भोलि कागजमा कस्तो हुन्छ हेर्नुपर्छ’, पुनले भने । 

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा शुक्रबारबाट अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १४:३३
Weather Update