News Griha :: न्यूजगृह
पार्टी उपसभापति र उपसभामुखबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै 

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन्।
बूढानीलकण्ठमा बुधबार बिहान साढे ८ बजे बस्ने छ।

उपसभापति धनराज गुरुङमाथि सहकारी बचत सम्बन्धी प्रश्न उठेको र उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्ताव लगायत विषयमा आवश्यक छलफल गरेर सामूहिक धारणा बनाउन बैठक बस्न लागेको स्रोतको भनाई छ।

एमालेका सांसदहरूले आजको प्रतिनिधि सभामा उपसभामुख रानालाई पदबाट राजीनामा दिन सुझाव दिए पनि कांग्रेसका सांसदहरूले यसबारे बोलेका थिएनन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०६:५०
विचार/ब्लग
Weather Update