News Griha :: न्यूजगृह

जनकपुरधाम— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन् । 

आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुने बताए । 

मधेसमा मिटरब्याजीको जालो फैलिएको दाबी गर्दै मन्त्री श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनैपनि मिटरब्याजीले उन्मुक्ति नपाउने जिकिर गरे । 

‘पीडक पीडक हो, पीडित पीडित हो, त्यो कुनै पार्टीको भन्ने म चिन्दिन । सरकार चिन्दैन,’ उनले भने, ‘कुनै पार्टीको नेता वा पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरूको पक्षमा भुमिका खेल्न खोज्यो भने कारबाही हुन्छ ।’

मन्त्री श्रेष्ठले मिटरब्याजीहरू सामन्तवादको भद्दा अवशेषका रूपमा अझै जीवित रहेको बताए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:२३
Weather Update