News Griha :: न्यूजगृह
तीन ठाउँमा पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध
फाइल तस्बिर।

सुर्खेत— अविरल वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। शनिबार रातिदेखिको वर्षाको कारण सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्ग अन्तर्गत दैलेख–कालिकोट खण्डको दहीखोला, एसमोड र गगनेखोलामा पहिरो खसेको छ। पहिरोले सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ।

आइतबार बिहान ५ बजेदेखि नै पहिरो पन्छाएर गाडी सञ्चालनको प्रयास भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ। राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारीसाधनका यात्री अलपत्र परेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०९:१५
Weather Update