News Griha :: न्यूजगृह
धनगढीमा ट्याङ्कर चालक र सहचालकमाथि धारिलो हतियार प्रहार

धनगढी— कैलालीको धनगढीमा एक समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको छ।

आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का २४ वर्षीय हरेन्द्र देउवा र सहचालक कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अनिल देउवा घाइते छन्। उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

गएराति धनगढी उपमहानगरपालिका–२ रोडहाउस क्याफे नजिक ट्याङ्कर पार्किङ स्थलमा २ वटा मोटरसाइकलमा आएका व्यक्तिहरूले चक्कु प्रहार गरेका थिए।

सोही घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टका अनुसार ट्याङ्कर पार्किङको विषयमा दुई पक्षबीच विवाद हुँदा आक्रमण र तोडफोड भएको हो।

‘दुई जनालाई राति नियन्त्रणमा लिएका छौँ। आज सोधपुछ गर्छौं अनि घटनाको कारण डिटेलमा खुल्ला,’ एसपी विष्टले भने।

आक्रमणकारीले पार्किङ गरी राखिएका चारवटा ट्याङ्करमा पनि तोडफोड गरेका छन्। ना ८ ख १४२५, ना ४ ख ३९२०, ना ४ ख २९६५ र ना ६ ख ९४०६ नं. को ट्याङ्करको अगाडिको सिसामा क्षति पुगेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०७:३८
Weather Update