News Griha :: न्यूजगृह
रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो ।

साथै पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा तय गर्न केन्द्रीय समितिको बैठक पनिसमेत आह्वान गरिएको सो पार्टीले जनाएको छ ।

सोमबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको पार्टी उपसभापति अर्यालले बताए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १०:३९
Weather Update