यस्ता माग राखेर नेपाल बार आन्दोलनमा

काठमाडौं— नेपाल बार एशोसिएशन आजदेखि आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तीसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो ।
‘१७ वैशाख १७ बाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संवैधानिक परिषद् प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव तथा अधिवक्ता अञ्जिता खनालले जानकारी दिइन् ।
स्वतन्त्र न्यायपालिकाको रक्षा गरौं, न्यायलयभित्रको भ्रष्टचार, विकृत, विसंगती अन्त्य गर, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागु गर, प्रधानन्यायाधीश नियुक्ति गर, संवैधानिक परिषद्को बैठक बोलाऊ, सुनवाइ समिति गठन गर जस्ता माग बारको छ ।
देशैभर आन्दोलन गर्नका लागि बारले मातहतका समितिलाई निर्देशनसमेत दिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० ०८:४३













