News Griha :: न्यूजगृह
नारायणगढ–मुग्लिन सडक अवरूद्ध
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित आँपटारीमा रूख ढलेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड। अहिले रूख काटेर पन्छाउने काम भइरहेको छ। तस्बिरः रासस

चितवन— रूख र बिजुलीको पोल ढल्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।

आइतबार बिहान सवा ८ बजेतिर भरतपुर महानगरपालिका–१ पानीट्याङ्की ओरालोमा सालको रूख र बिजुलीको पोल ढल्दा सडक अवरूद्ध भएको हो।

सालको रूख ढलेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।

सडक अहिले पनि अवरूद्ध छ। 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०९:५६
Weather Update